राजनीति

रविको बचाउमा डा. वाग्लेः ‘महामन्त्रीको व्यवहार अप्राकृतिक भएको आरोप’

Banner

काठमाडौँ, असार १९-

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले महामन्त्री डा. मुकुल ढकालको असामान्य प्रस्तुतिले चर्चा पाएको बताएका छन्। बुधबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

वाग्लेले महामन्त्रीको व्यवहारले बैठकलाई असहज बनाएको टिप्पणी गर्दै उनले प्रस्तुत गरेको प्रतिवेदन ओझेलमा परेको बताए। वाग्लेले बैठक लाइभ नगर्ने निर्णयलाई महामन्त्रीले स्वाभाविक रूपमा नलिएको जनाए।

वाग्लेले भने, ‘उहाँको आजको व्यवहार एकदमै अस्वाभाविक असहज, र अप्राकृतिक भयो। उहाँलाई अनुशासन लाग्दैन रु अरूले साधारण सदस्यले गर्दा अनुशासनको डन्डा चल्ने, महामन्त्रीले गर्दा त्यो लागु हुँदैन रु हाम्रो स्नेह र सम्मानलाई उहाँले सामूहिक रूपमा लत्त्याउनुभयो।’

महामन्त्रीमाथि कारबाहीको माग उठे पनि सभापतिले त्यसलाई रोकेको वाग्लेले जनाए। उनका अनुसार सभापतिले अनुशासन आयोगको माध्यमबाटै कारबाहीको प्रक्रियामा जानुपर्ने भन्दै तत्कालको कारबाहीलाई टार्ने निर्णय गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>