चितवन विशेष

ब्लड डोनर्स सोसाइटी नेपाल माडी नगर कमिटी गठन

Banner

चितवन, असार १९–

ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन जिल्ला शाखा अन्तरगत रहेर माडी नगरपालिकामा ११ सदस्यीय नगर कमिटी तयार गरिएको छ ।

माडीमा आयोजित एक विशेष कार्यक्रमकाबीच डोलनाथ आचार्यको अध्यक्षतमा माडी नगर कमिटी गठन गरिएको हो । उपाध्यक्षमा नवीन बस्याल, सचिवमा श्रीजा थापा, सह–सचिवमा विजय चपाई, कोषाध्यक्षमा हरि रानाभाट, सह–कोषाध्यक्षमा राकेश चौधरी चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा फिरल महतो, भरत ढकाल, भारती न्यौपाने, रिता भट्टराई, पुनम सुनार चयन भएका छन् । यसैबीच सोही अवसरमा बसन्तपुरमा सञ्चालित रक्तदान कार्यक्रममा २१ महिलासहित कुल ८६ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाईटी नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६५ पुरुष र २१ महिलाले रक्तदान गरेका हुन । जसमध्ये १६ जना नयाँ रक्तदाता रहेका थिए ।

ब्लड डोनर्स सोसाईटीका केंद्रीय अध्यक्ष अर्जुन अधिकारीले संस्थाका सल्लाहकार भागिरथ बस्याललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख तारा काजी कुमारी महतो रहनु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>