राजनीति

मुकुल ढकाललाई महामन्त्री पदबाट आजै बर्खास्त गर्ने रास्वपाको तयारी

Banner

काठमाडौं,असार १९-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई आजै पदबाट बर्खास्त गर्ने तयारी गरेको छ। पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेको हो। जसका लागि अहिले पार्टी सभापतिसहितका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

आजै केहीबेरअघि स्थगित भएको बैठक सुरु भएको छैन। पार्टी अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समिति बैठकबाट महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी रास्वपाले गरेको हो। ‘उहाँले अहिले बैठकबाट निस्किएर पार्टीविपरित झनै धेरै कुराहरू बोल्नुभयो, अनुशासन आयोगले अब कारबाही नगरी हुँदैन भन्ने निष्कर्ष निकालेको छ,’ एक पदाधिकारीले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>