राजनीति

महामन्त्री ढकालको रविलाई प्रश्नः सभापतिको पदले कहिले गल्ती गर्दैन?

Banner

काठमाडौँ, असार १९—
राष्ट्रिय स्वतन्त्र पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टीमा भए गरेका गल्तीको भार सभापति रवि लामिछानेले आफूमाथि थोपरेको पार्टीका महामन्त्री मुकुल ढकालले आरोप लगाएका छन् ।

बुधाबर बसेको पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले केही दिन पहिले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा महामन्त्री ढकालको चर्को आलोचना भएको स्रोतले बताएको छ । बैठकको अन्तिममा महामन्त्री ढकाललाई जवाफ दिन केन्द्रीय समितिमा माग भएको थियो तर उनी भने आफूमाथि अभद्र व्यवहार भएको भन्दै केन्द्रीय कार्यालयबाट बाहिरिएका छन् ।

पार्टी सुधारका लागि पहल गर्दा समस्या सिर्जना गरिएको ढकालको भनाइ छ । उनले पार्टी महामन्त्रीलाई सबै दोष थुपार्दै गर्दाखेरि सभापतिको नैतिक उत्तर के हुन्छ भन्दै प्रश्न गरेका छन् । गोर्खा मिडिया नेटवर्कमा महामन्त्रीको पोजिसनमा हुनुहुन्थ्यो (प्रबन्ध निर्देशक रवि लामिछाने) त्यहाँ चाहिँ सभापति अर्थात् अध्यक्ष जिबी राई गल्ती ? निर्णय सबै थाहा हुन्छ र पार्टी सभापति हुनुहुन्छ अनि महामन्त्रीको गल्ती ? उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिले गल्ती गर्दैन भन्ने हुन्छ?

पार्टीका उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेले बैठकमै महामन्त्रीमा आफूलाई नमान्ने घोषणा गरेको भन्दै ढकालले असन्तुष्टि जनाए ।
पार्टीमा गलत कामको विरोध गर्दा आफूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि ढकालको भनाइ छ । ुएउटा व्यक्तिले विरोध गर्‍यो त्यसलाई कारबाहीको प्रक्रिया अगाडि बढाइन्छ भने रास्वपा अब प्रतिपक्ष बन्दैछ, कुन नैतिकताको आधारमा सरकारको विरोध गर्छ रु कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ रु,ु उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>