प्रदेश २

रोकिराखेको बसमा ट्रक ठोक्किँदा दुई भारतीय तीर्थयात्रीको मृत्यु

Banner

रौतहट, जेठ २८-

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको पौराइमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका–१ मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो । काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना.६ ख. ९०३० तीर्थयात्री बोकेको बसलाई सोमबार राति १२.४५ बजेको समयमा को. १ ख २६२५ नम्बरको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त बसमा भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेको खुलेको छ ।

ट्रकले ठक्करबाट उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमा ज्यान गएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले बताए । मृतक दुवै जनाको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ । घाइतेमध्ये ६ जनाको चन्द्रपुरमा र ३ जनाको वीरगञ्जमा उपचार भइरहेको डीएसपी कार्कीले बताए । ट्रकले तीर्थयात्रु बोकेको बसलाई ठक्कर दिदा सडक भन्दा २० मिटर पर जंगलमा बस पुगेको थियो । घटनापछि ट्रक चालक फरार छन् । उनलाई खोजी कार्य भइरहेको डीएसपी कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>