Uncategorized

सिन्धुलीमा ट्याक्टर दुर्घटना:दुईको मृत्यु, एक घाइते

Banner

सिन्धुली जेठ २७-

मरिण गाउँपालिका( २ मुंग्रेमा ट्याक्टर दुर्घटना हुँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा मरिण गाउँपालिका( ४ मरुवा बस्ने वर्ष १३ का सुकमान जिम्वा र ३ वस्ने वर्ष १४ का सागर माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।

यस्तै, सोही दुर्घटनामा परी मरिण गाउँपालिका( ३ का वर्ष १४ का अभिषेख माझी घाइते भएका छन्। मुंग्रेबाट सखौरीतर्फ आउँदै गरेको अनटेस्ट ट्याक्टर सोमबार होटौडा(चतरा सडकखण्डअन्तरगत मुंग्रेमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनापछि ट्याक्टरका चालक स्याम माझी फरार छन्।मृतक दुबै बालकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपीलाकोटमा ल्याइएको छ भने घाइतेको पनि सोही केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>