प्रदेश २

बाबुको लागि मोटरसाइकलको लाइसेन्स परीक्षा दिने छोरा वीरगञ्जबाट पक्राउ

Banner

वीरगञ्ज, जेठ २७-

मोटरसाइकल चलाउन सवारी चालक अनुमति पत्रका लागि बाबुको नाममा ट्रायल परीक्षा दिने एकजनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर बस्ने राजकुमार रुंगटाका छोरा २१ वर्षीय अरपित रुंगटालाई पक्राउ गरेको हो ।क्याटागोरी ‘ए’ अन्र्तगत मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि आइडी नं ७४८८१४४ का राजकुमारको सट्टामा ट्रायल दिँदै गरेको अवस्थामा छोरा अरपितलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।

बुवाको साटो ट्रायल परीक्षामा सहभागी भएका कारण अरपितलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । अरपितलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । उनलाई सार्वजनिक अपराधअन्र्तगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रले सोमबार क्याटोगोरी ‘ए’ अन्र्तगत मोटरसाइकलको लाइसेन्सका लागि ४०० बढीको ट्रायल परीक्षा लिएको छ ।

भेहिकल एण्ड ड्राइभिङ सोलुसन प्रालिले वीरगञ्ज–२३ मा सञ्चालन गरेको ट्रायल सेन्टरमा कार्यालयले विभिन्न क्याटागोरीका सवारीको लाइसेन्सका लागि ट्रायल परीक्षा लिँदै आएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख राम अयोध्या रामले लाइसेन्स लिनका लागि गरिने कुनै पनि खाले बदमासी स्वीकार्य नहुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>