पत्रपत्रिका
यसबर्ष एसईई परीक्षाको रिजल्ट ढिला आउने
०

काठमाडौं, जेठ २६-
विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए ।
प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश–२ मा प्रश्नपत्र बाहिरिएपछि स्थगित र रद्द गरेका विषयको परीक्षा २२ देखि २९ चैतसम्म सञ्चालन गरेको थियो ।यसकारण परीक्षा सकिन अघिल्ला वर्षको भन्दा १० दिन बढी लागेको थियो । १० चैतदेखि परीक्षा सुरु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>