Breaking News
संयुक्त राष्ट्रसंघको महासभालाई शुक्रबार विहान ५ः४५ बजे सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
०

काठमाडौं, असोज ८—
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री शाहको सम्बोधन नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहान ५ः४५ बजेदेखि सम्बोधन गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । न्यूयोर्क समयअनुसार भने सम्बोधन आज साँझ ८ बजे हुने कार्यक्रम छ।
प्रधानमन्त्रीको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक UN Web TV मार्फत सम्बोधन प्रत्यक्ष हेर्न सकिनेछ। वक्ताहरूको क्रमअनुसार प्रसारण समय केही अगाडि–पछि हुन सक्ने जनाइएको छ।
प्रधानमन्त्री शाहको सम्बोधनमा नेपालका प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य, दिगो विकास, जलवायु परिवर्तनलगायतका विषय उठ्ने अपेक्षा गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























