राजनीति

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

Banner

काठमाडौँ, असोज ८-
सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैङ्कमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो । मन्त्रालयले बाढी, पहिरो वा अन्य कारणले प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिइने जनाएको छ ।

“विपद् र चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्य वृद्धि र अनुचित रूपमा वस्तु लुकाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई सघन बनाइएको छ,” मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>