खेलकुद

चितवन च्याम्पियनसिपः ट्राईबेकरमा नारायणगढ विजयी

Banner

चितवन, जेठ २५–

चितवनको भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आज (शनिबार)को खेलमा नारायणगढ फुटबल क्लब विजयी भएको छ ।

खेलको निर्धारित समयमा दुवै पक्षबाट एक–एक गोल भएपछि पेनाल्टी सुटआउटबाट नारायणगढ फुटबल क्लब विजयी भएको हो । प्रतियोगताको पहिलो हाफमा नारायणगढ फुटबल क्लबका रमेश गडतौलाले एक गोल गरेका थिए ।
दोस्रो हाफमा राप्ती रिभर फुटलब क्लबका कप्तान मिलन लामाले एक गोल गरेपछि प्रतियोगिता पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नारायणढ फुटबल क्लबले ४ गोल गर्दा राप्ती रिभर फुटबल क्लबले २ गोल मात्रै गरेपछि आजको खेल नारायणगढ फुटबल क्लबको पोल्टामा पुगेको हो ।

प्रतियोगिता अन्तर्गत आजको खेलमा नारायणगढ फुटबल क्लबका रुमेश बर्तौला म्यान अफ दी म्याच भएका एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । यसैबीच, हरेक दिन टिकट काटेर फु्टबल हेर्ने दर्शकहरु मध्येबाट एक जनालाई आकर्षक गिफ्ट प्रदान गर्ने कोइरालाले बताए । आजको लक्की ड्रबाट गणेश स्थानका रोहित पौडेलले गिफ्ट प्राप्त गरेका कोइरालाले जानकारी दिए ।

यसैबीच, प्रतियोगिता अन्तर्गत भोलि (आइतबार) नारायणी मोटर्स युनिक फुटबल क्लब भरतपुर र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>