गण्डकी

द्वारिकालाल चौधरीको अभिव्यक्ति बेवफुक : कांग्रेस नेता गिरी

Banner

विजय चालिसे

कावासोती, जेठ २५-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको अभिव्यक्ति बेवफुक भएको टिप्पणी गरेका छन् ।

प्रेस युनियन नवलपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वसिंचाइ मन्त्री समेत रहेका नेता गिरीले चौधरीको अभिव्यक्ति संविधान विपरित भएको टिप्पणी गरेका हुन् । ‘देशमा संविधान छ, कानुन छ तर त्यसको खिल्ली उडाउँदै जनप्रतिनिधि जस्तो व्यक्तिले दिएको अभिव्यक्ति खेदजनक छ’ उनले भनिन् । मेयर चौधरीले बोलेका केही कुरा सही भए पनि उनको शैली गलत भएको उनको भनाइ छ । चौधरीको शैली र बाटो गलत भएको उनको टिप्पणी थियो ।

नेता गिरीले मुलुक भ्रष्टाचारको दलदलमा फसेको भन्दै पत्रकारहरु पनि संवेदनशील बन्नुपर्ने बताए । उनले भ्रष्टाचार विरुद्धको निकायलाई पनि सजग गराउन पत्रकार लाग्नुपर्नेमा जोड दिए । एक महिने जागरण अभियानमा नवलपुरमा खटिएका नेता गिरीले कांग्रेसमा गुट उपगुट सक्रिय रहेको बताए । उनले कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल गुट मात्र नभै धेरै गुट उपगुट रहेकाले केही समस्या हुनु स्वभाविक भएको स्वीकार गरे । नेता गिरीले पहिलो चरणको जागरण अभियान सफल भएको भन्दै दोस्रो चरणको जागरण अभियानका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>