क्रिकेट

विश्वकप क्रिकेट, अस्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

Banner

नटिङ्घम, जेठ २३-

इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेल हुँदैछ ।

नटिङ्घमको खेल मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले क्षेत्र रक्षण गर्ने निर्णय गरेको छ ।

यसअघिका खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई र अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेका छन् ।

वेस्ट इन्डिजको टिममा जेसन होल्डर ९कप्तान०, क्रिस गेल, साई होप, ई लेविस, एन पूरान, एस हेट्मायर, आन्द्रे रसेल, सीआर ब्राथवाइट, एआर नर्स, एस कटरेल र ओ थोमस रहेका छन् ।

यस्तै, आरोन फिन्चको कप्तानीमा रहेका अस्ट्रेलियाली टोलीमा डेभिड वार्नर, उस्मान ख्वाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्स्वेल, एम स्टोनिस, ए क्यारी, एन कोल्टर–नाइल, प्याट क्युमिन्स, मिचेल स्टार्क र ए जाम्पा रहेका छन् ।रासस /एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>