देश/प्रदेश

नेपाली कांग्रेस झापा–१ काठमाडौं सम्पर्क समितिले झापालीबीच आयोजना गरेको फुटसल प्रतियोगिता

Banner

काठमाडौं, साउन ३०-

नेपाली कांग्रेस झापा–१ काठमाडौं सम्पर्क समितिले झापालीबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरेको छ।

ललितपुरमा आयोजित प्रतियोगितामा झापाका विभिन्न साविक गाविसबाट काठमाडौंमा अध्ययनरत युवाहरूका सात टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितासँगै विभिन्न राजनीतिक दलका प्रतिनिधि र कलाकारबीच मैत्रीपूर्ण फुटसल खेलसमेत आयोजना गरिएको थियो। यस वर्षको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजेता र राजनीतिक दलका प्रतिनिधिको टोली उपविजेता बनेको थियो। राजनीतिक दलको टोलीको कप्तानी नेकपा एमालेका नेता तथा पूर्वसांसद एलपी साँवाले गरेका थिए।

आयोजकले विभिन्न राजनीतिक विचार र क्षेत्रमा रहेका झापालीलाई खेलकुदका माध्यमबाट एउटै स्थानमा ल्याएर आपसी सद्भाव कायम गर्न कार्यक्रम आयोजना गरिएको जनाएको छ। लिटिल एन्जल्स स्कुलको मैदानमा भएको प्रतियोगितामा काठमाडौं मेडिकल कलेजले स्वास्थ्य तथा मेडिकल सहयोग उपलब्ध गराएको थियो।

समितिले काठमाडौंमा रहेका अन्य जिल्लाका नागरिकले पनि वर्षमा कम्तीमा एक दिन खेलकुद, कला तथा सांस्कृतिक गतिविधिमार्फत आपसी सद्भाव अभिवृद्धि गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>