कालिका

नेपाली कांग्रेस कालिकाद्वारा मृगौलापीडितलाई सहयोग

Banner

चितवन, जेठ २१-

कालिका नगरपालिका वडा नम्बर ८ गैरीबारी निवासी मृगौलापीडितलाई नेपाली कांग्रेस नगर समितिले आज आर्थिक सहयोग गरेको छ ।

कांग्रेस नगर समितिको संयोजनमा मृगौलापीडित ३७ वर्षीय भुवन वास्तोलाको परिवारलाई कांग्रेसले एक लाख ७६ हजार ५०० रुपैंयाँ हस्तान्तरण गरेको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको उपस्थितिमा आर्थिक संकलन समितिका संयोजक निरुजा श्रेष्ठले भूवनका भाई बुहारी सृजना वास्तोलालाई सो रकम हस्तान्तरण गरेका छन् । लामो समयदेखि मृगौलाको समस्याबाट पीडित भुवनको दुई वटै मृगौलाले काम नगर्ने अवस्थामा पुगेपछि कालिका नगरसमितिले कृयाशील सदस्यसँग सहयोग संकलन गरेर रकम हस्तान्तरण गरेको नगर सभापति राजु श्रेष्ठले जानकारी दिए ।

चार महिनाअघि दुवै मृगौलाले कम नगर्ने अवस्थामा पुगेका वास्तोला अहिले काठमाडाँैको शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका छन् । रकम हस्तान्तरणपछि नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेस सुखदुःखको साथी भएको बताए । हरेक दुःखमा साथ दिइरहने बताउँदै उनले कांग्रेसले सामाजिक उत्तर दायित्वअन्तर्गत यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य कृष्णकुमार श्रेष्ठ, कालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लीला गुरुङ्, नेपाली कांग्रेस वडा सभापति लीलाबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>