चितवन विशेष

जन्मदिनको अवसरमा विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग

Banner

चितवन, जेठ २०-

भरतपुर महानगरपालिका–८ गौरीगञ्ज निवासी गणेश लामिछानेले आफ्नो छोरा संघर्ष लामिछानेको पहिलो जन्मोत्सवको अवसरमा आज स्टेशनरी सामग्री वितरण गरेका छन् ।

लामिछानेले श्री माध्यमिक विद्यालय गौँरीगञ्जका कक्षा १ देखि १० सम्मका प्रथम हुने विद्यार्थी र गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्कुल पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेका हुन् । उनका अनुसार जन्मोत्सवमा घरबाहिर गरिने कटौती गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई सामग्री वितरण गर्न पाउँदा खुसी लागेको बताए । यसअघि पनि लामिछानेले देवघाट क्षेत्र विकास समितिमा रहेका विभिन्न संघसंस्थालाई यस्तै सहयोग गर्दै आएका थिए । सो अवसरमा उनले यस्तो सहयोगलाई भविष्यमा पनि निरन्तरता दिने बताए ।

विष्णुप्रसाद वास्तोलाको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौंपाने र स्थानीयको सहभागिता रहेको थियो ।

फोटो सौजन्य : शुभ वेडिङ्ग

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>