क्रिकेट

विश्वकप क्रिकेटः बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हरायो

Banner

काठमाडौं, जेठ १९–

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा एशियाली मुलुक बंगलादेशले बलियो प्रतिद्धन्द्धी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ ।

आइतबार भएको खेलमा बंगलादेशले दिएको ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ८ विकेटको क्षतिमा ३०९ रन मात्रै जोड्न सक्यो ।
दक्षिण अफ्रिकाका लागि कप्तान डुप्लेसिसले ६२, डुमिनि र मार्करमले समान ४५, भान डर डुसेनले ४१ रन बनाए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३, मोहम्मद सैफुदिनले २, मेहदी हसन र शकिब अल हसनले समान एक/एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३३० रन जोडेको थियो । उसका लागि मुसाफिकर रहमानले ७८, शकिब अलहसनले ७५,महम्मदुल्लाले नटआउट ४६ रन बनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>