चितवन विशेष
भरतपुर २२ को नीति तथा कार्यक्रम पारित

चितवन, जेठ १९–
भरतपुर महानगरपालिका वडा नं.२२ को नीति तथा कार्यक्रम पारित भएको छ ।
भरतपुर–२२, पटिहानीको नीति, कार्यक्रम र योजना तर्जुमाको लागि आज (आइतबार) भएको वडा भेलाले नीति तथा कार्यक्रम पारित गरेको हो ।
भरतपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि यस वडाले नगरसभामा प्रस्तुत हुनेगरी नीति तथा कार्यक्रम ल्याएको हो । वडाभेलामा चालू आर्थिक वर्षको समिक्षा एवंम आगामी आर्थिक वर्षको भावी कार्ययोजना वडाध्यक्ष विष्णुराज महतोले प्रस्तुत गरेका थिए । भेलामा वडावासीहरुले वडाको चालु योजना र भावी योजनाको बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वडा प्रतिनिधि रामहरि सेढाई र नेपाली काँग्रेसका वडा संयोजक कुमारप्रसाद थपालिया लगायतले वडाले आगामी दिनमा प्रस्ताव गरेका योजनाहरुको सफल कार्यान्वयनका लागि सुझाव दिएका थिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुबेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, महानगरका वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक एवंम वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदी, उपसचिव प्रधुम्नप्रसाद उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
सहभागीहरुको जिज्ञासाको जवाफ वडाध्यक्ष महतो र प्रमुख प्रशासकीय अधिकृत सुबेदीले दिएका थिए । भेला वडाध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

























