वागमती
सभामुखलाई कुर्ची देखाउँदै सांसदले भने : चारपटक लडिसके, ज्यान जोगाइ पाऊँ
०

काठमाडौं, जेठ १९-
सत्तारुढ दलका सांसद खगराज अधिकारीले आइतबार प्रतिनिधिसभा बैठकमा आफू चार पटक लडेको भन्दै ज्यान जोगाइन दिन सरकारको ध्यानाकर्षण गरेका छन् । संसद बैठकमा उनले आफ्नो भाँचिएको कुर्ची उठाएर सभामुख कृष्णबहादुर महरालाई देखाउँदै पटकपटक लडिसकेको र दुर्घटना चाहिँ नभएको भन्दै बचाइदिन ध्यानकार्षण गराएका हुन् ।
सांसद अधिकारीले बिग्रिएको कुर्चीको भाग उठाएर सभामुखलाई देखाउँदै भने, ’कुर्ची मर्मत गर्नुप¥यो भनेर कति दिन भन्ने ? सभामुख महोदय, ज्यान जोगाइ पाउँ ।’ यसपछि सभामुख महराले आफ्नो ध्यानाकर्षण भएको बताए ।
रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>