नवलपुर

देवचुलीमा यात्रा ग्रुपको दन्त शिविर

Banner

नवलपुर, जेठ १८–

युवाहरुको समूह यात्रा ग्रुप भरतपुरले शनिबार निःशुल्क दन्त शिविर गरेको छ । ग्रुपको आयोजना तथा सहज सामुदायिक अस्पातल गैंडाकोट ४ र देवचुली नगरपालिका ५ वडा कार्यालयको सहकार्यमा देवचुली वडा नम्बर–५ बन्दिपुरमा दन्त शिविर गरिएको हो ।

शिविरमा सहज सामुदायिक अस्पातलका दन्तरोग विशेषज्ञ डा. पुजन क्रान्ति कायस्थ र निकिता पियाले दन्त परीक्षण गरेका थिए । शिविरमा १०३ जनाले दन्त परीक्षण गराएका थिए । दाँत सम्बन्धि सामान्य समस्या भएकाहरुलाई निःशुल्क औषधी समेत उपलब्ध गराईएको कार्यक्रम संयोजक ध्रुब धिमिरेले जानकारी दिए । यस्तै जटिल समस्या भएकाहरुको थप उपचारका लागि सहज सामुदायिक अस्पातलले ५० प्रतिशत छुट दिने धिमिरेले बताए ।

कार्यक्रमका प्रमुख अतिथी देवचुली–५ का वडाध्यक्ष शिवलाल सापकोटाको दन्त परीक्षण गर्दै शिविरको उद्द्घाटन गरेका थिए । कार्यक्रम यात्रा ग्रुप भरतपुरका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>