चितवन विशेष
भरतपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. बगाले नियुक्त
०

सुवाश कँडेल
चितवन,जेठ १–
चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डा विश्वबन्धु बगाले नियुक्त भएका छन्।
उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बगालेलाई उक्त जिम्मेवारी दिएका हुन्। मन्त्री यादवले अस्पतालका मेसु डा कृष्ण पौडेललाई हटाएर बालरोग विशेषज्ञ डा बगालेलाई जिम्मेवारी दिएका हुन्।
१० औं तहका डा बगालेले नयाँ जिम्मेवारीसँगै अस्पतालका लागि नयाँ संगठन संरचनाको काम अगाडि बढाइने जानकारी दिए।