विचार/ब्लग

बुबाबिनाको तीन दशक

Banner

रमेश वस्ताकोटी

बुबासँगको कुनैं सम्झना मानसपटलमा छैंन । म ३ वर्ष हुँँदा बुबा भगवानको प्यारो हुनुभएको भन्ने सम्म थाहा छ । बुबा कस्ता थिए, उनको गतिविधि कस्तो थियो , उनी मलाई कति माया गर्थे , म जन्मदा उनि कति खुसी भए होलान् । यस्ता कुराहरु सधैं मनमा खेलिरहन्छ ।
हरेक वर्ष बुबाको मुख हेर्ने औंसीका दिन म स्तव्ध हुन्छु । खुसी हुनैं सक्दिन । मनमा लागिरहन्छ, हाम्रा बा कस्ता थिए होलान् । जब कुनैं बाबुले आफ्नो सन्तानलाई काँधमा बोकेर हिडेको देख्छु । अनि सम्हालिन सक्दिन । निष्ठुरी दैवले म बाट त्यो पितृप्रेम किन खोसेको होला भन्ने लागिरहन्छ, अनि भगवान् भन्ने प्रतिनैं वितृष्णा जागेर आउँछ । बुबाको स्नेह र भरोसाको छहारी कहिल्यैं महसुस गर्न नपाएको म जस्तालाई यस्ता दिनले पटक पटक रुवाइदिन्छ । हुन त म जस्तैं बाल्यकालमा नैं आफ्नो बुबासमेत नचिनि बुबा गुमाउन परेको सयौं साथीहरु हुनुहुन्छ होला । तर, पनि आफ्नैं पीडा सबैं भन्दा ठूलो लाग्ने रैंछ । बुबा बिनाको यो ३२ वर्ष बाचिसकेपछि आज महसुस भएको छ बाबाले एकपटक पनि हात नथामी आफ्नो जीवनका हरेक संघर्ष आफैं गर्नुपर्दाको पीडाले कति थिचिएको छु म ।

हुन त मेरो देवीतुल्य आमा हुनुहुन्छ जसले बाबा र आमाको माया एकैंसाथ दिएर मलाइ हुर्काउनुभयो । अनेक संघर्ष गरेर उनले हामीलाई आफ्नो खुट्टामा उभाईदिनुभएको छ तर कसैंले बा कता हुनुहुन्छ, बाले के गर्नु हुन्छ भनेर सोध्दा मन चसक्क हुन्छ । स्कुलमा भर्ना हुने बेलामा मास्टरले बा को नाम के हो भनेर सोधे , बा भन्ने कुनैं मान्छे हुन्छ भन्ने सम्म न थाहा पाएको म टुहुरोलाई बा को नाम के थाहा हुनु, आमाले आसु परेलिको डिलमा राखेर मेरो बाको नाम स्कुलको भर्ना खातामा लेखाइदिएको सम्झना छ ।

पछि साथीहरु सबैंको घरमा बा देख्दा विस्तारैं बा भन्ने मान्छे हुदा रैंछन् , उनले काँधमा राखेर बोक्दा रैंछन् , हात समाएर हिडाउदा रैंछन् भन्ने थाहा भयो अनि मैंले आमालाई सोधेको थिए रे , आमा हाम्रो घरमा बा किन नभएको बिचरा आमालाई कति पीडा बोध भयो होला । अहिले आफैंलाई धिक्कार्छु मैंले आमाको मन किन दुखाए होला भनेर कहिले काही साथीहरु बाको गोजीबाट दुई चार रुपैंया चोरेर ल्याउथे , मलाई पिपलमेठ खुवाउथे , मलाई पनि पैंसा चोर ल्याउन र मकैंको फुला खुवाउन भन्थे , म चाहि उनीहरुलाई हाम्रो बा लाहहुरमा छन् आएपछि चोरौंला हैं भनेर भन्थे किनकी मैंले त्यही बुझेको थिए र बुझाइएको थियो ।

नौं महिनाकी बैंनीलाई छाडेर बा परलोक जानुभएको थियो । बैंनी रुदा मैंले धेरैं नरो अहिले बाले पापा ल्याइ दिनुहुन्छ भन्दा बैंनी रुन छाड्थी बिचरी डेढ दुई वर्षकी मेरी बैंनीलाई बाबाले ल्याइदिएको पापा खाने कति रहर रहेछ । तर, त्यस्तो दिन हामीबाट दैंबले पहिलेनैं खोसीसकेको थियो । कहिले काही बालाई सपनामा देख्छु , टाउको सुम्सुम्याएको, उ त्यो बाटो जा भनेर भनेको देख्छु , आजकल लाग्छ बाले आफ्नो प्रेम सपनामा आएर पनि दर्शाएका छन्। गलत बाटोमा नहिड् भनेर सत्मार्ग हिड्न प्रेरित गरिरहनु भएकैं छ ।

पिताबिनाको बाटो लडखडाउन सक्छ भन्छन् । जीवनमा कयौं पटक यस्तो महसुस मलाई पनि भएको छ । तर, पनि बा र आमाको दुबैं भूमिका निर्वाह गर्ने मरो देवितुल्य आमाको कारण अहिले सम्म लडखडाएको छैंन । पिताजी बिनाको यो ३२ वर्ष कसरी गुजारियो होला, हरेक पटक जब समस्यामा पर्छु बाको याद आउछ जसलाई मैंले आमाले जोगाएर राखेको व्ल्याक एण्ड ह्वाइट फोटोमा मात्र देखेको छु ।
कुनैं बेलाको दसैँमा अरुको बाले खसि डोर्याएर ल्याएको देख्दा हाम्रानी बा भको भए यसैं गगरी खसी डोर्याएर मलाई पानी तताउन भन्थे होलान् भन्ने लाग्थ्यो तर आजभोलि संसारको रित बुझेको छु । पीडा हुन्छ तर सम्हालिन सिकेको छु । बा बिनाको यो ३२ बर्षले सम्हालिन सिकाएको छ । आफैं संघर्ष गर्न सिकाएको छ । परनिर्भरता हटाएको छ । जे गरेनि आफैं गर्न पर्छ भन्ने भावनालाई मजबुत बनाएको छ । हिम्मत बढाएको छ । साहस बढाएको छ । बा बिनाको ३२ वर्षले सिकाएको यिनैं कुराहरुलाई आत्मसात् गर्दे बाँचिरहेको छु । बा मानिसहरुको भरोषाको लठ्ठी हुन् । बा हुनेहरुले बाको यो भरोषा प्राप्त गर्न नचुकुन् ।
फार्दस् डे को सबैंलाई शुभकामना ।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>