खेलकुद

साफ महिला च्याम्पियनसीपः बंगलादेशसंग हार्‍यो नेपाल

Banner

चितवन, जेठ २०–

बंगलादेशसंग पराजित हुँदै नेपाल साफ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा पुग्न असफल भएको छ ।

बुधबार भारतको गोवामा बंगलोदशले नेपाललाई २–१ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान तय गर्‍यो । दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलोदश प्रतियोगिताको फाइनल पुगेको यो लगातार तेस्रो पल्ट हो ।

दोस्रो हाफको अतिरिक्त समयमा सागोरिकाले गोल गरेपछि बंगलादेशले एक गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रचेको हो । खेल अतिरिक्त समयमा अग्रसर रहेका बेला सागोरिकाले गोल गरेकी हुन् ।

दोस्रो हाफको इन्ज्युरी समयमा रितु पोर्नाचक्माले बंगलादेशका लागि बराबरी गोल फर्काएकी थिइन् । नेपालले गीता रानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा गीताले २३ औं मिनेटमा गोल गरेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>