एथलेटिक्स

खुला दौडमा मिजार प्रथम

Banner

बैशाख २२, २०७६

नयाँ वर्षको अवसरमा नेपाल तरुण दल हेटौंडा–६ नम्बर वडा एकाईंले गरेको जिल्लास्तरीय खुला दौड प्रतियोगितामा सञ्जीव मिजार प्रथम भएका छन् । निर्धारित ५ किलोमिटर दुरी १६ मिनेट ११ सेकेण्डमा पार गर्दै मिजार प्रथम भएका हुन् । १७ मिनेट १ सेकण्डमा दुरी पार गर्दै सागर लामा दोस्रो र १७ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै शरण थिङ तेस्रो भए । १७ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै देवेन्द्र ढकाल चौथो र १७ मिनेट ५३ सेकेण्डमा दुरी पार गरी सबिन ब्लोन पाँचौ भए ।

प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपियाँसहित शिल्ड र मेडल प्राप्त गरे भने चौथोले नगद २ हजार रुपियाँ र पाँचौं हुनेले नगद १ हजार रुपियाँ प्राप्त गरे । दौडमा मकवानपुरका ३५ धावकको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>