एथलेटिक्स

भरतपुरमा राष्ट्रपति रनिङ शिल्डमा विजेता ८३ विद्यार्थी पुरस्कृत

Banner

चितवन, माघ ९-

राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ विद्यार्थीलाई मंगलबार पुरस्कृत गरिएको छ ।

विजेता विद्यार्थीलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले संयुक्त रुपमा पुरस्कृत गरेका हुन् ।

पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो । भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेतालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा भएको पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरी सानदार जित हासिल गर्न सफल विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । भरतपुरले प्रथम स्थान हासिल गरेपछि महानगरपालिकाको तर्फबाट विजेता खेलाडीलाई थप प्रोत्साहानका लागि पहिलो पटक पुरस्कारको व्यवस्था गरिएको प्रमुख दाहालले बताइन् । यसअघि भरतपुर महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आइरहेको थियो ।

मेयर दाहालले आगामी दिनमा हुने प्रदेश र संघीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रर्दशन गरी उपाधि प्राप्त गर्न अग्रिम शुभकामना व्यक्त गरिन् । भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६–६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पारेको थियो । यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भएको थियोे । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जितेको थियो भने १७ कास्य जितेको थियो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>