एथलेटिक्स

चितवनमा २७ पुसदेखि हुने राष्ट्रपति रनिङ शिल्डमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै

Banner

चितवन, पुस २३-

चितवनमा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।

चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन २७ गते बिहान ११ बजे भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गर्ने संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार प्रतियोगिताको खेलहरु भरतपुर ५ स्थित खेल मैदानमा हुनेछ । २७ र २८ गते दुई दिन चल्ने प्रतियोगितामा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनका सातै पालिकाबाट ७१४ छात्र र समान संख्यामा छात्रा गरी एक हजार ४२८ खेलाडीहरु सहभागी हुनेछन् ।

सहभागी खेलाडीहरुले एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन् । एथ्लेटिक्समा छात्र छात्रा १०० मिटर, २००, ४००, ८००, एक हजार ५०० र तीन किलोमिटर दौड हुनेछ । यस्तै चार गुणा सय र चार गुणा चार सय मिटर रिले पनि हुनेछ । छात्र छात्रा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, र सटफुट हुनेछ । कराँतेमा छात्र ४०, ४७, ५२, ५७ र ६२ केजी मुनि तथा काता हुनेछ । छात्रातर्फ ४०, ४५, ५०, ५५ र ६० केजी मुनि तथा काता हुनेछ ।

तेक्वान्दोमा छात्रतर्फ ४५, ४८, ५१ ५५ र ५९ केजी मुनि तौल समूह र एकल पुम्से तथा छात्रातर्फ ४२, ४४, ४६, ४९ र ५२ केजी मुनी तौल समूह र एकल पुम्से हुनेछ । यस्तै उसु तर्फ छात्र छात्राको थाओलु तथा सान्सौ पनि हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>