गण्डकी

सामुदायिक विद्यालयमा पनि शुल्क

Banner

२२ वैशाख, गोरखा

पालुङटार नगरपालिका-९ मिरकोटको त्रिवेणी माविले विद्यार्थीसँग मासिक शुल्क लिने गरेको पाइएको छ ।

नेपालको संविधानको धारा ३१ मा शिक्षाको मौलिक हक सम्बन्धी बयवस्थाअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर, त्रिवेणी माविले नर्सरीदेखि पाँच सम्मका विद्यार्थीसँग शुल्क लिने गरेको छ ।

२०६९ साल देखिनै शुल्क लिदै आएको विद्यालयका प्रधानाध्यापक चुडामणि अधिकारी बताउँछन् । माध्यामिक तहसम्मको अध्ययन हुने विद्यालयमा जम्मा २२४ विद्यार्थी छन् ।

विद्यालयले उनीहरुसँग मासिक ६० रुपैयाँका दरले शुल्क उठाउँदै आएको छ । मासिक शुल्क वापत विद्यालयले वाषिर्क एक लाख ६१ हजार २८० रुपैयाँ संकलन गर्छ ।

गतवर्ष विद्यालयले मासिक शुल्क वापत ७ सय देखि ९ सयसम्म लिएको थियो । नर्सरी र केजीका विद्यार्थीसँग सात सय, एक कक्षाका विद्यार्थीसँग ८ सय र दुई कक्षाका विद्यार्थीसँग ९०० शुल्क लिएको प्राधानाध्यापक अधिकारीले स्वीकार गरे ।

‘पोहोर साल सेक्सन छुट्याउनपर्ने भयो, फर्निचर पनि थिएन, त्यसैले विद्यार्थीसँग एक महिना ७७ देखि ९०० सम्म शुल्क लियौं, त्यसपछि फेरि महिनाको ६० रुपैयाँ मात्र लिन थाल्यौ,’ उनले भने ।

पालुङ्टार नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत शित्तल पाण्डेले सामुदायिक विद्यालयले कुनै पनि वहानामा विद्यार्थीसँग शुल्क लिन नपाउने बताएका छन् । ‘माविसम्म निःशुल्क शिक्षा हो, अतिरिक्त कक्षा संचालन गरेमा केही शुल्क लिन मिल्छ तर विद्यालयकै समयमा पढाए वापत कुनै शुल्क लिन पाइदैन, ऐनले पनि दिदैन,’ उनले भने ।

निःशुल्क शिक्षा पाउनुपर्ने मौलिक हक भए पनि विद्यालयले ऐन विपरीत शुल्क लिदा अभिभावक तथा विद्यार्थी मर्कामा परेका छन् ।

विद्यालयले भने अंग्रेजी माध्यम संचालन गरेकाले शुल्क लिएको बताउँदै आएको छ । ‘नर्सरीदेखि कक्षा पाँचसम्म अंग्रेजी माध्यम चलाएका छौं, एक जना शिक्षक निजीमा राखेका छौ, त्यसैले शुल्क उठाएका हौ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>