भलिबल

एपीएफको महिला भलिबलमा वर्चश्व

Banner

बैशाख २२, २०७६

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेर नेपाल एपीएफ क्लबले नेपाली महिला भलिबलमा वर्चश्व जमाएको छ ।

मंगलवार भएको फाईनल खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथी ३–० को सोझो सेटमा जित हात पार्दै उपाधि जितेको हो । यस वर्षको शुरुवातमा राष्ट्रिय खेलकुदमा उपाधि जितेर हौसिएको एपीएफलाई अर्को विभागिय टोली आर्मीले कुनै चुनौती दिन सकेन । एपीएफले आराम जित हात पार्ने क्रममा सो खेलको नतिजा २५–१४,२९–९ र २५–१५ सेटले आफूतिर सोझ्याएको थियो । पछिल्ला दुई वर्षमा एपीएफलाई हराउन कुनै टोलीले सकिरहेको छैन ।

एपीएफको जितमा सरस्वती चौधरीले स्पाईकमार्फत मात्रै २७ अंकको योगदान दिइन् । त्यस्तै उनले ब्लकबाट ८ र सर्भिसबाट १ अंक टोलीका लागि दिलाएकी थिइन् । सरस्वती प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन् भने प्लेयर अफ द फाइनल एपीएफकै नेभिका चौधरी घोष्तिि भइन् । उनले स्पाईकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान पुर्याएकी थिईन् ।

एपिएफकै हिरा केसीले टिमका लागि स्पाईक र ब्लकबाट ९÷९ अंक जोडिन् । उपबिजेता बनेको आर्मीकी निरुता ढंगुन्ना १३ अंक, सुनिता खड्काले १२ अंक तथा सोफिया पुनले ९ अंकको योगदान दिएका थिए ।

प्रतियोगिताको तेश्रो स्थान होङगान्जी न्यृडायमण्डले जितेको छ । न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२,२५–१८ र २५–२२ को सोझो सेटमा हराएको थियो । पहिलो हुने एपीएफले २ लाख, उपविजेता आर्मीले १ लाख र तेस्रो हुने न्युडायमण्डले ५० हजार नगदको चेक प्राप्त गरे । त्यस्तै द रिगल ईकले प्रथम हुने एपीएफ टिमका सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस उपलब्ध गराएको थियो ।

त्यस्तै सुलक्स सेन्टरकाबाट ४० हजार वरावरको २ थान टि सट घडी प्रतियोगिताकी उत्कृष्ट खेलाडी सरस्वती चौधरी तथा शेरवहादुर खड्का स्पेशल अवार्डबाट पुरस्कृत आर्मीकी निरुता ढगुन्नालाई प्रदान गरिएको थियो । साथै उत्कृष्ट खेलाडी चौधरी, स्पेशल अवार्ड बिजेता खेलाडीद्धयलाई रामेछाप उमाकुन्ड प्रिती निवासी सम्वरवहादुर तामाङले जनहि नगद १५ हजार प्रदान गरेका थिए ।

प्रतियोगिताका बिद्यागत बिजेता खेलाडी तथा प्रशिक्षकलाई जनहि नगद ७ हजार ग्रीनल्याण्ड सेन्टरका ले उपलब्ध गरेको थिए । बिद्यागततर्फ उत्कृष्ट स्पाईकरमा न्युडायमण्डकी प्रतिभा माली,उत्कृष्ट ब्लकरमा एपीएपकी हिरा केसी,उत्कृष्ट सेटरमा एपीएफकै बिनिता बुढाथोकी,उत्कृष्ट डिफेन्समा एपीएफकी मनिषा तामाङ,उत्कृष्ट सर्भरमा आर्मीकी सोफिया पुन चुनिए । उत्कृष्ट प्रशिक्षकको उपाधि एपीएफका कोचले पाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>