फुटबल

बार्सिलोनाको आराम जित

Banner

बैशाख २२, २०७६

लियोनेल मेसीको २ तथा लुइस स्वारेजको एक गोलको मद्दतले युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले आराम जित निकालेको छ ।

आफ्नै घरेलु मैदानमा पाहुना टोली लिभरपुललाई ३–० गोलअन्तरले हराएर बार्सिलोनाले एक पाइला फाइनलतिर लम्कायो । लगभग फाइनल नै पुग्ने संभावना भएको बार्सिलोनाको लागि दोस्रो लेगको खेलमा बराबरी मात्रै खेले पुग्ने अवस्था छ । इंग्लिस टोली लिभरपुलका लागि भने आफ्नै घरेलु मैदानमा कमसेकम ४–० गोलअन्तरको जित हात पार्नु पर्ने कठिन अवस्था छ ।

खेलको २६ औं मिनेटमा स्वारेजले आफ्नो पूर्व क्लब विरुद्ध पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । यसपछि केही उत्कृष्ट खेलेको लिभरपुलका खेलाडीले गोल भने गर्न सकेनन् । मेसीेले गोल गर्न अगाडि ७४औं मिनेटसम्म लिभरपुल १–० को नतिजामै रमाइरहेको थियो । तर मेसी जागेपछि भने लिभरपुलले अन्तिम १५ मिनेटमा दुई गोल बेहोर्नु परेको थियो ।

दुबै गोल मेसीले गरेका थिए ।
७५ औं मिनेटमा स्वारेजको प्रहार पोलमा ठोक्किएर फर्किएको बललाई मेसीले क्लोज रेन्जमा छिटै गोलमा परिणत गरेका थिए । यो गोलसँगै स्पेनी क्लबको अग्रता दोब्बर बन्यो । ८२ औं मिनेटमा मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता बनायो । सेमिफाइनलको दोस्रो लेग आगामी साता लिभरपुलको मैदानमा हुनेछ ।

मेसीको ६ सयौं गोल
मेसीले बार्सिलोनाकालागि ६ सयौं गोल पूरा गरेका छन् । सन् २००५ मा मेसी बार्सिलोनामा आवद्ध भएका थिए। त्यति बेला पनि उनले मे १ तारिखकै दिन बार्सिलोनाको सिनियर टोलीबाट पहिलो गोल गरेका थिए।

योसंगै मेसीले व्यवसायिक फुटबलमा ६ सय गोल पूरा गरेका छन् । बुधबार राति भएको च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विरुद्ध २ गोल गरेसँगै उनले बार्सिलानाका लागि ६ सयौं गोल गरेका हुन् ।
उनले २००४ देखि बार्सिलोनाबाट खेलिरहेका छन् ।

यो १५ बर्षको अवधिमा उनले क्लबका लागि ६ सयौं गोलको कोशेढुंगा पुरा गरेका हुन् । उनले बार्सिलोनाको बी टिमबाट पनि ६ गोल गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>