फुटबल

बार्सिलनो स्तब्ध, लिभरपुल फाइनलमा

Banner

बैशाख २२, २०७६

अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० को फराकिलो गोलअन्तरले हराएपछि इंग्लिस प्रिमियर क्लब लिभरपुल यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गत साता भएको पहिलो लेग ३–० ले गुमाएपछि लिभरपुललाई फाइनलमा स्थान पक्का गर्न ४–० को जित अनिवार्य बनेको थियो । मोहम्मद सलाह र रोबेर्टो फर्मिनो जस्ता खेलाडीविना खेल्नु पर्ने लिभरपुलको लागि बार्सिलोनालाई हराउने कसैले सोचेका थिएनन् । तर लिभरपुलले चारै गोल गरेपछि फाइनलमा स्थान पक्का ग¥यो । घरेलु मैदान एन्फिल्डमा बार्सिलोनामाथि जित निकाल्दै समग्रमा ४–३ गोलअन्तरले विजयी हुंदै लिभरपुलले अन्तिम दुईको यात्रा तय गरेको हो ।

यससंगै लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भएको छ । डिभोक ओरिगी र परिवर्तित खेलाडी जर्जिनीयो वीनाल्डमले २–२ गोल गरेपछि लिभरपुलले अविश्वसनिय जित हासिल गरेको थियो । फाइनल मेड्रिडमा हुँदैछ ।

ओरिगीले सातौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै एन्ड्रियु रोबर्टसनलाई स्थापन्न गर्दै वीनाल्डम मैदान प्रवेश गरेका थिए । प्रशिक्षक योर्गेन क्लोपको यो रणनीतिलाई वीनाल्डमले सहि प्रमाणित गरिदिए । उनले ५४ औं मिनेटमा गोल एलेजेन्डर आर्नोल्डको लो क्रसमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि जेर्डान साकिरीको क्रसमा वीनाल्डमले हेडमार्फत् टोलीका लागि तेस्रो गोल गरेका थिए ।

खेल सकिन ११ मिनेट बाँकी रहँदा ओरिगीले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले कर्नरमा दिएको चलाखीपूर्ण प्रहारमा ओगिरीले गोल गरेपछि समग्रमा लिभरपुलले अग्रता लिएको थियो । त्यतिबेला बार्सिलोनाका डिफेन्सका लागि सो कर्नर प्रहार आएकै पतो भएको थिएन । अविश्वसनीय जितमा टोलीले उच्च प्रदर्शन गर्दा घाइते सलाह र फर्मिनोको अभाव खट्कन दिएन ।

बार्सिलोनाको पराजयसँगै ५ वर्षपछि पहिलो पटक लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो बिनाको यूएफा च्याम्पियन्स लिग फाइनल हुने भएको छ । विश्व फुटबलमा पछिल्लो एक दशक प्रभाव जमाउँदै आएका यी दुई मध्ये एकको टोली फाइनलमा प्रवेश गर्दै आएको थियो । मंगलबार मेसीको च्याम्पियन्स लिगमा पूर्णविराम लाग्नुअघि आयाक्सले युभेन्ट्सलाई क्वाटरफाइनलमा नै रोक्दै रोनाल्डोको यात्रा पनि अन्त्य गरेको थियो । सन् २०१३ यता बार्सिलोनाले १ पटक र रियल मेड्रिडले ३ पटक फाइनल जितेका थिए ।

सन् २०१३ को च्याम्पियन्स लिग फाइनलमा जर्मनीका दुई क्लब भिडेका थिए । त्यसबेला बार्सिलोना र रियल मेड्रिड दुबै फाइनलमा पुग्न सफल भएका थिएनन् । त्यतिबेला अल जर्मन क्लब फाइनलमा बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई २–१ ले हराएको थियो ।

ब्रेकरः सन् १९८६ पछि पहिलो पटक कुनै टोलीलाई च्याम्पियन्स लिग सेमिफाइनलमा ३ गोलले पछि परे पनि जित हासिल भयो । संयोगवश ३३ वर्ष अघि बार्सिलोनाले यस्तै सनसनी नतिजा निकालेको थियो । त्यतिबेला स्पेनी क्लबले स्विडेनको गोटेबर्गलाई हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>