रत्ननगर

न्यायिक सेवा र सुरक्षा सचेतना जगाउन समुदायमा अदालत र प्रहरी

Banner

बैशाख २२, २०७६

न्यायिक सेवा तथा सुरक्षा सतर्कतामा ग्रामीणबासीहरुलाई सचेतना दिलाउन पर्वतका दक्षिणी क्षेत्रमा अवस्थित गाउँपालिकाहरुमा अभियान सञ्चालन गरिएको छ । पर्वत जिल्ला अदालतको आयोजना तथा जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा गाउँ गाउँमा सचेतना अभियान सञ्चालन गरिएको हो ।

जिल्ला अदालतको न्यायिक बाह्य पहुँच कार्यक्रम अन्तर्गत न्यायिक क्षेत्रबाट हुने सेवा प्रवाह र नागरिक अधिकारको बारेमा जानकारी गराइएको थियो भने जिल्ला प्रहरी कार्यालय पर्वतबाट समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सतर्कताका बारेमा जानकारी गराइएको थियो ।

महाशिला गाउँपालिका र पैञ्यु गाउँपालिका गरी तीन दिन सम्म सञ्चालित छुट्टाछुट्टै अभियानमुलक कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायधिबक्ता शेषराज शिवाकोटीले समुदायले न्याय र सुरक्षाको प्रत्याभूति गरेमा मात्रै स्वच्छ र निर्भिक समाज निर्माण हुने बताउनुभयो ।

त्यस्तै जिल्ला न्यायधिश सुर्यबहादुर थापाले पछिल्लो समयमा राज्य पुनः संरचनाको स्वरुप सँगै स्थानीय तह स्तरमा समेत अहिले न्यायिक समिति बनेको र त्यहाँबाट आफु न्याय पाउन नसक्ने अवस्था देखिए जिल्ला अदालतमा न्यायिक अधिकार प्राप्तिका लागि आउन सर्वसाधारण आग्रह गर्नुभएको थियो ।

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने काम राज्यको भएपनि समुदाय स्तरमा समुदायमा बसोबास गर्ने नागरिक सचेत नभईकन राज्यका निकायबाट गरेको काम प्रभावकारी नहुने बताउनुभयो । उहाँले सामाजिक विकृति उन्मुलन गर्न सके सवै खाले अपराध जन्य गतिविधि न्यूनिकरण हुने बताउँदै समुदाय सचेत रहन सुझाव समेत दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाउन समुदायका नागरिकको सक्रियता महत्वपूर्ण रहेको बताउँदै प्रहरी र समुदायसँगको सहकार्यले जस्तोसुकै समस्या पनि समाधान गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।

अभियानका क्रममा जिल्ला अदालत पर्वत बार इकाईका अध्यक्ष भोलानाथ शर्माले समेत कानूनी अधिकार र नागरिकको सबालमा प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यक्रममा अन्य कानून व्यवसायीहरुको पनि सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>