रत्ननगर
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
०

बैशाख २२, २०७६
काठमाण्डौ महानगरपालिका–२६ ठमेल नर्सिङ चोकमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर लेलेका १९ बर्षीय नारायण तामाङ र सोही स्थान बस्ने १९ बर्षीय सुमन स्याङ्ताङले चलाएको बा.१ ज २०९६ नम्बरको ट्याक्सीले बिजय लामाको बा. २ ज २४९९ नम्बरको ट्याक्सीलाई ठक्कर दिए पश्चात ट्याक्सीको पछाडीको भागमा क्षती पुगेकोले बा. १ ज २०९६ नम्बरको ट्याक्सीलाई कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न निजहरूले नगद रू ५ सय रूपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
नगद सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>