रत्ननगर

लागु औषध सहित ३ पक्राउ पक्राउ

Banner

बैशाख २२, २०७६

सिरहा प्रहरीले लागु औषध सहित दुइ भारतीय र एक नेपालि सहित ३ जना लाई पक्राउ गरेको छ। सिराहाको भगवानपुर गाउँपालिका वडा नं, १ हुलाकी सडक खण्डमा भारत मधुबनी जिल्ला ग्रामपञ्तायत माधवपुर बस्ने १७ वर्षीय उज्वल कुमार यादब तथा सोहि ठाउ बस्ने १८ वर्षीय शिबम कुमार साहको साथबाट प्रहरीले अबैध लागु औषध डाइलेक्सडिसी १०० एम,एलको २० बोतल फेला पारि पक्राउ गरेका छन। पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सिराहाबाट म्याद थप गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै सिराहा नगरपालिका सिराहा वडा नं, १७ (पटेर्वा) कच्ची सडकखण्डमा इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी गस्ती टोलीले सिराहा नगरपालिका मिर्चैया वडा नं, ३ बस्ने २६ वर्षीय सुनिल यादबले चलाउँदै गरेको ज, ९ प १५७४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा अवैध लागु औषध डाइलेक्स डिसी १०० एम,एलको ४९ बोतल फेला पारि औषधसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका यादव लाई जिल्ला अदालत सिराहाबाट म्याद थप गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी माधवराज खरेलले जानकारी दिएका छन।

यसै बीच सिराहा गाउँपालिका नराह वडा नं, ५ बलुवा चौकमा इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी टोलीले बिराटनगर-सिराहा-माडर चल्ने यात्रुबाहक बस चेकजाँच गर्दा उक्त बसमा लुकाई छिपाई ल्याएको घरेलु मदिरा अन्दाजी ९० लिटर समेत बरामद गरी स्थानिय तथा भद्रभलादमीहरुको रोहवरमा नष्ट गरेका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>