रत्ननगर

महारानी मन्दिरलाई लायन्स क्लब म्याग्दी दोभानको कुर्सी सहयोग

Banner

बैशाख २२, २०७६

म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको महारानी मन्दिरलाई बिहीबार प्लाष्टिकका कुर्सी सहयोग भएको छ । सामाजिक क्षेत्रमा क्रियशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा मन्दिरलाई कुर्सी सहयोग हस्तान्तरण गरिएको हो ।

लायन्स क्लबको अगुवाइमा क्लबमा आबद्ध र विभिन्न व्यक्तिहरुको सहयोगमा २५ थान प्लाष्टिकका कुर्सी सङ्कलन गरी उपलब्ध गराइएको लायन्स क्लब अफ म्याग्दी दोभानले जनाएको छ । उक्त प्लाष्टिकका कुर्सीहरु महारानीथान मन्दिरमा एक कार्यक्रमको आयोजना गरी मन्दिर परिवारलाई हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष अम्बिका श्रेष्ठसहित पदाधिकारीले महारानी मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँ र पदाधिकारीलाई एकैसाथ हस्तान्तरण गरेका थिए । मन्दिरमा हुने नियमित पुजाआजा गर्न आउने भक्तजनहरुको सहज व्यवस्थापनका लागि क्लबमार्फत कुर्सी सहयोग गरिएको लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठले बताएकी छिन् ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ऐतिहासिक तथा धार्मिक क्षेत्रको प्रचारप्रसार र विकासका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेकोमा जोड दिइन् । महारानी मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँले सबैको सहयोगले महारानी मन्दिर अगाडि बढेको बताउँदै कुर्सीको सही सदुपयोग गरिने बताइन् ।

क्लब अध्यक्ष श्रेष्ठको अध्यक्षता र सचिव नविना थापा रावलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मी भण्डारी केसीको ध्वजाको अभिवादन गरेकी थिइन् । कार्यक्रमको अवसरमा क्लबका सचिव नविना थापा रावल, पूर्व अध्यक्ष लक्ष्मी केसी र सदस्य भीमकुमारी बानियाँको जन्मदिन समेत मनाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>