इच्छकामना

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री

Banner

बैशाख २२, २०७६

बाबा फाउन्डेशन नेपालले सामूदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोे छ ।
‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको सुरुमा नै गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका सहित कास्की र अन्य जिल्लामा उक्त सामाग्री वितरण गरेकोे हो ।

फाउन्डेशनले पोखरा महानगरपालिका भित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०÷१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न लागेको फाउन्डेशनका अध्यक्ष दीलपराज श्रेष्ठले जानकारी दिनुभयो । बाबा फाउण्डेशन नेपाल बि सं २०६५ सालमा स्थापना भई बाल अधिकार संरक्षण र बाताबरण संरक्षणका लागि समर्पित हुदै बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको मुनाफा रहित गैंर सरकारी संस्था रहेको श्रेष्ठले बताउनु भयोे ।

बाल अधिकार संरक्षण र प्रवर्धन तथा बाताबरण संरक्षणले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी बाल अधिकार र बातावरणलाई नै कार्यक्षँेत्र बनाएको संस्थाले हालसम्म एक हजार १०० जना बालबालिका लाभान्वित भैसकेको र यसबर्ष मात्र करीव पाँच सय बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्न लागिएको फाउन्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिनुभयो ।

न्युनतम आवश्यकताको अभावमा विद्यालयको पहुँचमा पुग्न नसक्ने विद्यार्थीलाई कापी, कलम, झोला, विद्यालय पोशाक आदिमा फाउन्डेशनले सहयोग पु¥याउँदै आएको उहाँले बताउनुभयो ।

यसैबीच फाउन्डेशनले आईतवार मात्रै पोखरा महानगरपालिकाका वडा नं २ स्थित विन्ध्यवासिनी मा.वि., वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालय र बाराही मा.वि. एवम् वडा नं १६ का विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

यस अघि पोखरा महानगरवालिका वडा नं ३ स्थित कन्या मा.वि., ४ स्थित नविन मा.वि. ७ स्थित श्रीकृष्ण मा.वि. २५ स्थित हेम्जाका बिभिन्न बिद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक वितरण गरिसकेको सचिव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैशाख महिना भित्र महानगरपालिका भित्र सम्बन्धित वडा कार्यलयको सिफारिस अनुसार सामूदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने छ गतबर्षका सेवा लिईरहेका बिद्यालयका बिद्यार्थीलाई निरन्तरता दिईने छ ।
फाउन्डेशनले वातावरणीय संरक्षणका लागि बृक्षारोपण र फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>