इच्छकामना

वर्षौदेखि खानेपानीको चरम संकट

Banner

बैशाख २२, २०७६

सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको १२ नम्बर वडामा खानेपानीको चरम अभाब भएको छ । बषौदेखि खानेपानीको समस्या भोग्दै आईरहेका वडाबासी गर्मी समय लागे झन चरम सङकट देखिएको हो । अहिले भएका पानीका मुहान पनि सुक्दै गएकोले पानीको सङ्कट देखिएको स्थानीयले बताएका छन ।

साबिकका गाविसहरु निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् ।

बनगाड कुपिन्डे नगरपालिका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय अमर प्राबी प्रधानाध्यापक झलक बुढाले बताउनु भयो । “पानीको स्रोत सुक्दै गएकाले बर्से्नि तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेका उहाँ्ले बताउनु भयो ।

अहिले बस्ती नै खाली हुने खतरा छ रहेको छ । उच्च डाडाकाडा बस्तीहरुमा पानीको अभाव भएपछि तीनरचार घन्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । एउटै घरबाट दुई÷तीन जनाले पालैपालो पानी ओसार्नु परिरहेको र दैनिक अन्य काम छाडेर पानी ल्याउने काम मात्र गर्ने गरेको वर्ष भरी खानेपानीको समस्या हुने बनगाड कुपिण्डे नगरपालिका ३ मेल्टाकुराका स्थानीय इन्द्र पुनले उहाँले बताउनु भयो ।

“दिनभरमा चार गाग्री पानी आउँछ परिवारमा सात, आठ जना हुन्छन, नुहाउने र कपडा धुनेको त कुरै नगराँै खानेपानी पाउनसमेत धौधौ छ,” उहाँले भन्नु भयो । पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको निगाल्चुलाका प्रेम बहादुर पुनले बताउनु भयो ।

आकासे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता छ । पानी सङ्कलनका लागि निगाल्चुलामा चारवटा पोखरी बनाइएको छ । यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीयवासी लालबहादुर घर्तीले पीडा सुनानु भयो ।

पर्याप्त पानी नपरेपछि आकासे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली छन् । पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बतानु भयो । पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर जानथालेका छन् ।

“गाउँमा आउने नत पानीको स्रोत छ न त नजिक कुवा नै, पानीको सास्तीले बसाइँ सर्नु परिरहेको छ,” खत्रीले भन्नु भयो । खानेपानी अभावसँगै विद्यालय र घरमा बनाइएका शौचालय दुर्गिन्धत र फोहर भएर प्रयोग बहिनी भएका छन खानेपानीबाट यस क्षेत्रका करिब ३६ हजार जनसंख्या प्रभावित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>