माडी

कृषिमा आधुनिकिकरण गर्न कृषकलाई प्रविधि हस्तान्त्रण

Banner

बैशाख २२, २०७६

कृषि क्षेत्रमा आधुनिकिकरण गरी बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले ७५ प्रतिशत अनुदानमा कृषकलाई प्रविधि उपलब्ध गराउदै आइरहेको छ ।

कृषि क्षेत्रको उत्पादकत्वलाई बढावा दिई स्वरोजगार बनाउन कृषकलाई प्रविधि उपलब्ध गराइरहेको महाकाली नगरपालिका कृषि शाखाका नायव प्राविधिक सहायक शेरसिह बोहराले जानकारी दिनुभयो ।

कृषक समुह, कृषक तथा कृषि फर्म र कृषि सहाकारीको मागका आधारमा प्रविधि उपलब्ध गराइरहेको उहाले बताउनु भयो । महाकाली नगरपालिकाका कृषकहरुले सबै भन्दा बढी मकै छोडाउने मेसिनको माग गरेको उहाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा कृषि शाखाले कृषकहरुका लागी २५ थान मकै छोडाउने मेसिन खरिद गरी कृषकलाई उपलब्ध गराइसकेको ना.प्रा.स. बोहराले बताउनु भयो ।

यस्तै ४ वटा मिनिटिलर, र ३ वटा थ्रेसर कृषकहरुलाई उपलब्ध गराई सकेको उहाले बताउनु भयो । कृषि शाखाले कृषकहरुलाई विभिन्न जातका फलफुलका बोट, आलुको विउ उपलब्ध गराउदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>