नवलपरासी

सम्झन र बिर्सन लायक नतिजा

Banner

बैशाख २२, २०७६

हाल भारतमा चर्चित २० ओभरको क्रिकेट चलिरहेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) को यो १२औं संस्करण हो। ११औं संस्करणदेखि यानि गत वर्षको आईपीएलदेखि नेपालमा अझ दर्शक बढेको थियो। सन् २०१८ को आईपीएलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले पहिलोपटक सहभागिता जनाएका थिए। त्यसो त नेपाली क्रिकेट प्रेमीले उनको बलिङ हेर्न लगातार ११ खेलसम्म कुर्नुपरेको थियो।

सन्दीप आफैं पनि खेल्न र आईपीएलमा आफ्नो क्षमता देखाउन आतुर थिए त्यति बेला। तर, उनको टोली दिल्ली डेयरडेभिल्सका प्रमुख प्रशिक्षक रिकी पोन्टिङले उनलाई १२औं खेलमा मात्रै प्लेइङ इलेभेनमा भिœयाएका थिए। उनले बा“की ३ खेलमा ५ विकेट लिएर दिल्लीलाई र समस्त क्रिकेट प्रेमीलाई आश्चर्यमा पारेका थिए। तर, उनको खेल हेरेपछि पोन्टिङ आफैं पनि यो केटोलाई पहिल्यै खेलाउनुपर्ने भन्ने जस्ता प्रतिक्रिया दिएका थिए। उनले खेलुन्जेलसम्म दिल्ली शीर्ष चारबाटै बाहिरिसकेको थियो।

अहिले १२औं संस्करणमा सन्दीपले यही दिल्ली डेयरडेभिल्सको फेरिएको नाम दिल्ली क्यापिटल्सबाट खेल्दै छन्। उनले ४ खेल खेलेकोमा ५ विकेट लिएका छन्। शुरूको दुई खेलमा भने उनलाई खेलाइएको थिएन। उनले यसै आईपीएलबाटै टी–२० फरम्याटमा ५० विकेट लिएका छन्। उनले रोयल च्यालेन्जर्स बैंग्लोरका मोइन अलीलाई स्टम्पिङ आउट गर्दै ५०औं शिकार बनाएका हुन्।

गत संस्करणको आईपीएलपछि नै सन्दीप व्यस्त भएका छन्। उनले नेपालमै खेल्न पनि भ्याएका छैनन्। उनले विश्वका घरेलु टी–२० प्रतियोगितामा खेल्न थालेपछि नै नेपालमा उनलाई समय नभएको हो। हालै नेपालमै भएको एभरेस्ट प्रिमियर लिगमा पनि उनले ललितपुर प्याट्रियट्सबाट पूरै खेल खेल्न पाएनन्। जबकि सो उपाधि उनकै टोलीले जितेको थियो।

चार रनमै अलआउट
गत माघमा अस्टे«लियाको घरेलु टी–२० महिला क्रिकेटमा १० रनमा अलआउट भएको समाचार आएको थियो। यसै क्रममा नेपालमै योभन्दा न्यून रनको खेल पनि भएको थियो। फागुनमा धनगढीमा भएको मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला क्रिकेट आयोजना भएको थियो। कर्णाली प्रदेश र सुदूरपश्चिमबीचको खेल थियो। सुदूरपश्चिम टोलीले पहिले ब्याटिङ गरेर निर्धारित १५ ओभरमा २ सय ३१ रनको विशाल योगफल बनाएको थियो। १५ ओभरमा यतिका रन बन्नु पनि आफैंमा कीर्तिमान थियो। तर, जवाफ भने अपत्यारिलो भयो। कर्णाली प्रदेश ४ रन बनाएर अलआउट हुन पुग्यो। जसमा एक रन ब्याट्सओमेन लक्ष्मी पुरीले बनाइन् भने ३ रन अतिरिक्त थियो।

सन्दीपको विश्व भ्रमणसन्दीपले विश्व भ्रमण गर्दै विभिन्न टी–२० बाट ५० विकेट लिएका हुन्। शुरुआत आईपीएल ११ बाट भएको थियो। सो आईपीएलमा ३ खेलबाट ५ विकेट लिएका उनले क्यानडामा भएको ग्लोबल टी–२० लिगमा ३ खेल खेलेर ५ विकेट नै हात पारेका थिए। यसपछि वेस्ट इन्डिजमा भएको क्यारेबियन लिगमा ५ खेल खेलेर ७ विकेट उनले आफ्नो नाममा लेखाए।

यसै गरी सन्दीपले अफगानिस्तानमा भएको अफगानिस्तान प्रिमियर लिगमा १ खेल मात्रै खेले। तर, उनको खुबी यो र≈यो कि एउटै खेलमा २ विकेट लिन सफल भएका थिए। अस्टे«लियाको चर्चित बिगबास लिगमा समेत उनको जादु चल्यो। उनले ८ खेल खेल्न पाएका थिए। जसमा उनले लिएको विकेट संख्या ११ रहेको थियो। यस्तै पाकिस्तान सुपर लिगमा पनि उनले ७ खेलबाट ११ विकेट नै हासिल गरेका थिए। बंगलादेश प्रिमियर लिगमा उनले ६ खेल खेले जसमा ४ विकेट हासिल गरे।

कान्छीमायाको वर्चस्व
सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबमा आबद्ध म्याराथन धाविका कान्छीमाया कोजुले २०७५ वर्षमा वर्चस्व बनाइन्। उनले धरानमा भएको धरान टेनके सातौं नेवा च्यारिटी रनअन्तर्गत खुलातर्फ पहिलो स्थान हात पारेकी थिइन्। गत संस्करणकी विजेता उनले १० किलोमिटर दौड ३७ मिनेट ४८ सेकेन्डको समयमा पार गरेकी थिइन्। पुरुष खुलातर्फ तीर्थ पुन लगातार चौथोपटक पहिलो भएका हुन्।

पिंकाथन काठमाडौं को तेस्रो संस्करणमा पनि कान्छीमाया नै विजेता बनिन्। यसपटक जितेर उनले पिंकाथनमा ≈याट्रिक उपाधिसमेत जितेकी थिइन्। उनले निर्धारित दूरी १ घन्टा २१ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्। सो प्रतियोगिता महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय मोडल तथा अभिनेता मिलिन्द सोमनले शुरू गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>