प्रदेश २

डाक्टर दम्पत्तीको विवाद : ताल्चा फोडेर घर पसेकी निलम असुरक्षित !

Banner

२५ वैशाख, वीरगञ्ज

पर्सा जिल्ला अदालतको अन्तरिम संरक्षणात्मक आदेशपछि घरको ताल्चा फोडेर गृह प्रवेश गरेकी ३१ वर्षीया डा. निलम कुमारी साहले आफू असुरक्षित भएको बताएकी छन् ।

उनी सुरक्षाकर्मी र अधिकारकर्मीको रोहबरमा १६ वैशाखमा ताल्चा फोडेर वीरगञ्ज महानगरपालिका- ६ स्थित ससुरा गम्भिरा साहको घरमा पसेकी थिइन् । त्यसयता उनी बाहिर निस्किएकी छैनन् । शनिबार सासु, ससुरा सहित आफन्तहरु आएर घरका सबै कोठामा ताल्चा लगाएर गएको उनले बताइन् ।

‘म बसेको कोठामा हावा आउने झ्याल पनि बन्द गर्दै थिए, मैले त्यसो गर्न दिइन’, उनले भनिन्, ‘त्यसपछि उहाँहरु आउनुभएको त छैन, तर मलाई डर लागिरहेको छ ।’

परिवारले मानसिक-शारीरिक यातना दिएर घरमा बस्न नदिई निकालेको भन्दै पर्सा जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी थिइन् । अदालतले प्रारम्भिक सुनुवाइपछि दिएको संरक्षणात्मक आदेश ससुराली पक्षले पालना नगरेपछि उनी ताला फोडेर ससुराको घरमा पसेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>