इच्छकामना
२५ घनफिट काठ बरामद
०

शुक्रबार, वैशाख २०, २०७६
बिरगंज, पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा १ मधुवन मथौवल सखुवानियाबाट बन डिभिजन कर्यालय पर्सा र सशस्त्र प्रहरीको संयुक्त टोलीले २५ घनफिट काठ बरामद गरेको छ ।
राष्ट्रिय वनबाट काँचो सालको रुख कटानी गरि फर्निचर बनाईरहेको सूचनाको आधारमा वन र सशस्त्र प्रहरीको टोलील्े सखुवनीयाको विभिन्न घर गोठमा छापामारी गर्दा गोलिया र चिरान काठ गरि २५ घनफिट काठ बरामद गरेको हो ।
टोलीले घर गोठमा छापा मारेर काठ बरामद गर्ने क्रममा स्थानीय महिलाहरुले अवरोध गरेपछि केहीबेर तनाव पनि भएको थियो । बरामद गरिएको काठको विषयमा अनुसन्धान भईरहेको बन डिभिजन कार्यालय पर्साका प्रमुख रामबाबु साहले बताउनुभयो ।
बरामद गरिएको काठ ईलाका बन कर्यालय मनवामा राखिएको छ । त्यसैगरि ईलाका बन कर्यालय रंगपुरको टोलीले पनि १० घनुफिट काठ बरामद गरेको छ् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>