देश/प्रदेश

चारबुँदे माग राख्दै प्राधिकरण जिल्ला एकाइमा तालाबन्दी

Banner

चरीकोट – राष्ट्रिय पुनःनिर्माण प्राधिकारण दोलखाअन्तर्गत जिल्लामा रहेका प्राविधिकले चारबुँदे माग राख्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ चरिकोटमा तालाबन्दी गरेका छन् । पुनःनिर्माण प्राविधिक हकहित जिल्लास्तरीय सङ्घर्ष समिति दोलखाले पुनःनिर्माणसम्बन्धी माग राख्दै कार्यालयमा आज तालाबन्दी गरेको समितिका संयोजक पुण्यप्रसाद रिमालले जानकारी दिए ।

समितिले कार्यालयसँग आवास पुनःनिर्माण लाभग्राहीको किस्ता समयमै उपलब्ध गराउनुपर्ने, विगतका वर्षमा खाईपाई आएकोे प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, सञ्चार र यातयात खर्च मासिक रुपमा उपलब्ध गराउनुपर्ने, पुनःनिर्माणमा खटिएका प्राविधिकको स्वास्थ्य तथा सुरक्षा बीमा गरिनुपर्ने लगायत माग राखेको छ ।

तीन वर्षदेखि पुनःनिर्माणमा निरन्तर प्राविधिक सेवा दिइँदै आएकामा प्राधिकरणबाट खाईपाई आएको सेवासुविधा कटौती भएको भन्दै प्राविधिकले आन्दोलन गर्दै आएका छन् ।

तालाबन्दी गरेसँगै प्राविधिकले आजदेखि पुनःनिर्माणसँग सम्बन्धित सम्पूर्ण काम बन्द गरेको संयोजक रिमालले बताए । दोलखामा भूकम्पपछिको पुनःनिर्माणका लागि २०१ प्राविधिकले काम गर्दै आएका छन् । प्राविधिकले तालाबन्दीसँगै पुनःनिर्माणको काम बन्द गरेपछि दोलखाको पुनःनिर्माणमा समस्या भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>