कर्णाली

ट्रकको ठक्करबाट बनेपामा १ जनाको मृत्यु

Banner

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत बनेपाको भैसीपाटी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना३ख ६७८३ नम्बरको मालवाहक ट्रकले काठमाडौंबाट बनेपातर्फ आइरहेको बा७९प ९३८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धुलिखेल ९ पात्लेखेतका २८ वर्षिय गणेश लामाको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि बस्ने यशोदा हमाल गम्भीर घाइते भएकी छन् । घाइते हमालको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>