कर्णाली

टेलिकमको सेवा गुणस्तरीय बनाउन मन्त्री बाँस्कोटाको निर्देशन

Banner

काठमाडौं– सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्‍याउनुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेकोतर्फ टेलिकमका कर्मचारीहरुलाई सचेत गराए ।

उनले  ४२ सय कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम प्रविधिमा सेवाग्राहीले चाहे जस्तो सुविधा लिन नसकेको आरोप लगाए ।

आफ्नै शानदार भवन, उपकरण, टेक्नोलोजी, जनशक्ति हुँदा हुँदै समेत सवै नेपालीले अझै सेवा पाउन नसक्नु दुःखद रहेको उनले तर्क गरे ।

कार्यक्रममा नेपाल टेलिकम क्षेत्रीय कार्यालय विरगंजका निर्देशक अमलेन्दु नारायण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक दिल्लीराम अधिकारीले सवै नेपालीसमक्ष गुणस्तरीय रुपमा नेपाल टेलिकम सेवा र पहुँच पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>