क्रिकेट

वुमन्स च्याम्पियनसिप जेठ ३ देखि शुरु हुने

Banner

काठमाडौं– क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गर्न लागेको वुमन्स च्याम्पियन्स लिग टी—२० क्रिकेट प्रतियोगितामा जेठ पहिलो साताबाट शुरु हुने भएको छ ।

बिहीबार आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाद्रा जारी प्रेस विज्ञप्तीमा प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता जेठ ३ गते सञ्चालन भएर ११ गते सम्पन्न हुने विज्ञप्तीमा जनाइएको छ । यो प्रतियोगिता यसअघि चैत २१ गतेदेखि शुरु गर्ने घोषणा गरीएको थियो ।

आयोजकले प्रतियोगितामा सहभागी हुने टिम, मार्की खेलाडी र लोगो शुक्रबार सार्वजनिक आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>