राजनीति

सरकारले क्षेत्रीय कार्यालय खारेज गर्‍यो

Banner

काठमाडौं– सरकारले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । यो हप्ताको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिए ।

क्षेत्रीय प्रशासन कार्यालयको चलअचल सम्पत्ति र अभिलेखहरु सम्बन्धित प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयलाई दिइने छ ।

पाँच विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालयको खारेज भएका हुन् । पर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा थियो । त्यस्तै मध्यमाञ्चल विकास क्षेत्रको हेटौंडा, पश्चिमाञ्चल विकास क्षेत्रको पोखरा, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सुर्खेत र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कार्यालय दिपायलमा थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>