देश/प्रदेश

समायोजन रोजेका १२ हजार कर्मचारीको पदस्थापन

Banner

काठमाडौं– सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका १२ हजार कर्मचारीलाई पदस्थापना गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका एक लाख ३१ कर्मचारीमध्ये १२ हजारलाई तीनै तहमा पदस्थापना गरेको छ ।

मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले समायोजन रोजेका कर्मचारीलाई दैनिक पत्र दिएर पदस्थापना गरिरहेको जानकारी गराए । उनले पहिलो चरणमा प्रदेश र स्थानीय तहमा कर्मचारीलाई पदस्थापना हुने कार्य भइरहेको बताए ।

“प्रदेश र स्थानीय तहमा जनताका काम धेरै हुनाले कर्मचारीलाई पनि ती तहमा पठाउन थालेका छौँ,” उनले भने, “प्रदेश र स्थानीय तहमा पदस्थापना सकेपछि मात्र सङ्घमा गर्दछौँ ।” मन्त्रालयले सचिव तथा सहसचिवको पदस्थापना यसअघि नै गरिसकेको छ ।

यसैगरी प्रदेश र स्थानीय तहमा समायोजन रोजेका उपसचिव र शाखा अधिकृतको पदस्थापना गरिएको छ भने नायब सुब्बा, खरिदार, कार्यलय सहयोगीको पदस्थापना गर्न पूरै बाँकी नै रहेको छ । मन्त्रालयले असार मसान्तसम्म समायोजन भएका सबै कर्मचारीलाई पदस्थापना गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>