समाचार

काठमाडौंको एक अफिसमा सोफामुनि सकेट बम फेला

Banner

काठमाडौं– काठमाडौंको बसुन्धारास्थित एक कार्यालयमा सकेट बम फेला परेको छ ।

बसुन्धारामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरमा सञ्चालित कल्चरल सेन्टरको कार्यालयमा सकेट बम फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले कार्यालयको सोफा मुनि सकेट बम फेला परेको जानकारी दिए ।

सकेट बम फेला परेको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले बम डिस्पोज गर्ने अवस्था नरहेपछि सेनालाई खबर गरेको छ ।

‘सकेट बम छ, प्रहरीले त्यसलाई निस्तेज गर्ने अवस्था नभएपछि सेनालाई खबर गरेका छौं,’ डिएसपी बोगटीले खबरहबसँग भने, ‘अहिले सेनाको टोली घटनास्थलमा पुग्दै छ ।’

बम भेटिएको ठाउँमा प्रहरीले अहिले पहरा दिइरहेको छ । अफिसको सोफामा कसले र कसरी बम राख्यो भन्ने विषयमा छानबिन भइरहेको डिएसपी बोगटीले जानकारी दिए ।

प्रहरीले सोधपुछका लागि कल्चरल सेन्टरका सञ्चालक प्रकाश सुवेदीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>