खेलकुद

एभर्टनसँग पराजित आर्सनल चौथो स्थानमा यथावत

Banner

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा आर्सनल एभरटोनसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १—० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टनले खेलको १० औं मिनेटमा अग्रता लिएको थियो । एभर्टनका लागि फिल जागियल्काले गोलका लागि पाएको मौकालाई सदुपयोग गरेपछि आर्सनल शुरुआतमै पछि परेको थियो ।

प्रिमियर लिगको बलियो टोली आर्सनलका खेलाडीहरुले एभर्टनविरुद्ध गोल फर्काउन नसक्दा तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको हो ।
यो जितसँगै घरेलु टोली नवौँ औं स्थानमा उक्लिएको छ भने हार पश्चात चेल्सीसँग बराबर अंक बनाएको आर्सनल गोल अन्तरको आधारमा लिगको चौथो स्थानमा यथावत रहेको छ । पराजित आर्सनल र टोटनह्यामको समान ६३ अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>