खेलकुद

रियलको पुनरागमन जीत

Banner

एजेन्सी– स्पेनिस महारथि रियल मड्रिडले इबारलाई पराजित गरेको छ । स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा रियलले इबारलाई २—१ गोल अन्तरले पराजित गरेको हो ।

ला लिगामा पुनरागमन जित हात पारेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा खेलमा १२ अंकले पछि रहेको छ । यस्तै, लिगको दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको रियलले ३१ खेलमा ६० अंक बनाएको छ ।

शनिबार रियललाई जित दिलाउन रियलका लागि करिम बेञ्जमाले गोल गरे । रियलविरुद्ध खेलको ३९ औं मिनेटमा इबारलाई मार्क कार्डोनाले गोल गर्दै अग्रता बनाएका थिए ।

पहिलो हाफमा १—० पछि परेको रियलका लागि करिम बेञ्जनाले ५९ औं मिनेटमा गोल गर्दै इबारविरुद्ध खेल १—१ को बराबरी गरेका थिए ।
त्यस्तै, बेञ्जमाले खेलको ८१ औं मिनेटमा दोस्रो गोल गर्दै रियललाई जित दिलाए ।

योसँगै जिनेदिने जिदान क्लबमा फर्किएपछि यो ला लिगामा दोस्रो जित हो । बार्सिलोना र एट्लेटिको मड्रिडले समान ३० खेल खेलेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>