समाचार

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

०
Banner

काठमाडौं ,मङ्सिर ६-

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ । शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार हालसम्म ३ हजार १४८ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै, १ हजार ७४३ जना उपचार वा क्वारेन्टिनमा रहेका छन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको छ ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोप बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो । यो डीआर कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ । विश्वव्यापी रूपमा हेर्दा सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीपछि यो दोस्रो ठूलो प्रकोप हो । सीसीटीभी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>